बिरगंज, १ फागुन ।
रोकथाम, अवरोध, फिर्ती, पुनमिलन, पुन ः एकीकरण र परामर्श सम्वन्धि दुई दिने तालिम बिरगंजमा शुरु भएको छ ।
युनिसेफ नेपालको आर्थिक सहयोगमा एटविन÷संरक्षण नेपालको आयोजनामा संचालित बाल श्रमशोषण रोकथाम ः स्थानागमन तथा बेचबिखन बिरुद्ध क्षमता तथा निगरानी सुढद्धीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम सोमबार देखी शुरु भएको हो ।
उतm कार्यक्रमको अतिथि एटवीनका उपाध्यक्ष तारा भण्डारीले मानवबेचबिखन तथा बाल श्रमशोषन र जोखिनबाट बालिका तथा महिला संरक्षण र प्रद्र्धनको लागि अति आवश्यक कार्यक्रम रहेको बताउनु भयो ।
महिला तथा बालबालिकाहरुलाई रोजगारी लिने बिभिन्न बहानामा भारतमा लगि जोखिमको काममा लगाई रहेकाबाट जोगाउनको सहभागीहरुको भुमिका रहने संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले बताए ।
उतm कार्यक्रममा भएका सहभागीहरुमा बालबालिका तथा महिला संरक्षणको लागि स्थानिय तहको सयन्त्रमा यस तालिमले सहयोग हुने उदेश्यले उतm तालिम संचालन गरिएको संस्थाका अध्यक्षले बताउनु भयो ।
सो तालिम संरक्षण नेपालको अध्यक्ष श्री बृजमोहन कुशवाहाको अध्यक्षतामा सम्पन्न तालिमको सहजिकरण एटवीनका कार्यकारी निर्देशन बेनुमाया गुरुङ्ग, अधिवतmा कमलराज पोखरेल, पारस जयसवाल तथा लालबाबु कुशवाहा लगायतकाले गरिएको थियो ।
उतm तालिममा बारा, पर्सा, रौतहट र सर्लाहीका ३६ जनाको सहभागीता रहेको संरक्षण नेपालको कार्यक्रम अधिकृत मुकेश कुशवाहाले बताए ।

२०७९ फाल्गुन १ गते

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय