बिरगंज, पर्सा
बाल श्रमशोषण रोकथाम ः स्थानागमन तथा बेचबिखन बिरुद्ध क्षमता तथा निगरानी सुढद्धीकरण कार्यक्रम अन्तर्गत मानव बेचबिखन र बाल श्रम शोषण बिरुद्घ सक्रिय जनशतिm निर्माणका लागि प्रशिक्षण सम्वन्धि तिन दिने तालिम सम्पन्न भएको छ ।
युनिसेफ नेपालको आर्थिक सहयोगमा एटविन÷संरक्षण नेपालको आयोजनामा संचालित कार्यक्रममा मधेश प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव देवकुमारी खत्रीले बालबालिका तथा महिला संरक्षण र प्रद्र्धनको लागि अति आवश्यक कार्यक्रम रहेको बताउनु भयो ।
महिला तथा बालबालिकाहरुलाई रोजगारी लिने बिभिन्न बहानामा भारतमा लगि जोखिमको काममा लगाई रहेकाबाट जोगाउनको सहभागीहरुको भुमिका रहने खत्रीले बताइन ।
उतm कार्यक्रममा एटवीनका अध्यक्ष सिता पौडेलले बालबालिका तथा महिला संरक्षणको लागि स्थानिय तहको सयन्त्रमा यस तालिमले सहयोग हुने उदेश्यले उतm तालिम संचालन गरिएको बताउनु भयो ।
सो तालिम संरक्षण नेपालको अध्यक्ष श्री बृजमोहन कुशवाहाको अध्यक्षतामा सम्पन्न तालिमको सहजिकरण एटवीनका कार्यकारी निर्देशन बेनुमाया गुरुङ्ग, अधिवतmा दिलिप कोइराला, कमलराज पोखरेल लगायतकाले गरिएको थियो ।
उतm तालिममा बारा, पर्सा, रौतहट र सर्लाहीका ३० जनाको सहभागीता रहेको संरक्षण नेपालको कार्यक्रम अधिकृत मुकेश कुशवाहाले बताए ।