कलैया १४, सोमबार ।
बालश्रम गर्न भारत पुगेका ११ जना बालकाको उद्दार गरी अभिभावकको जिम्मा लगाइएको छ । उक्त बालकहरुलाई केयर नेपाल (ए.आर.एच.) को सहयोग तथा राष्ट्रिय बाल अधिकार परिषद र बाल हेल्पलाइन १०९८ बाराको सहकार्य ती बालकहरूलाई नेपाल ल्याएको हो ।
उद्दार गरी ल्याइएका बालकहरुलाई सोमवार जिल्ला प्रहरी कार्यालय, बारामा एक कार्यक्रम गरी जिल्ला प्रहरी कार्यालय बारा, संरक्षण नेपाल बारा, बाल हेल्पलाइन १०९८ बाराको प्रतिनिधि लगायतका सरोकारवालाहरुको रोहवरमा अभिभावकको जिम्मा लगाएको हो ।
उद्दार गरिएका बालक रौतहट जिल्लाका ९ जना र २ जना डोटीका जिल्लाका रहेका छन् । उद्धार गरि ल्याइएका बालकहरु १२ देखि १७ सम्म बर्ष उमेर समुहका रहेका छन ।
उद्धार गरिएका ती बालकहरू ८ देखि ३ महिना पहिले विभिन्न प्रलोभनमा पारी चिनजानका आफन्तसँग भारत पुगेका थिए । उनीहरुलाई मुम्बइको नागपाडा क्षेत्रमा रहेको व्याग पसलमा बालश्रम गरिरहेको अवस्थामा भारतीय प्रहरीले उद्दार गरेको थियो ।
संरक्षण नेपाल बाराका प्रतिनिधि बृजमोहन कुशवाहाको नेतृत्वमा गएको टोलीले भारतको मुम्बई पुगी बाल कल्याण समिति मुम्बई र महिला तथा बालबालिका विभागसँग समन्वय गरी बालकलाई नेपाल ल्याइ अभिभावकको जिम्मा लगाएका हुन् ।
उक्त बालकहरुलाई बिभिन्न पसलहरुबाट मुम्वई प्रहरीले उद्दार गरि बाल गृहमा राखिएको बालकहरुलाई केयर नेपाल (ए.आर.एच.) को सहयोग तथा राष्ट्रिय बाल अधिकार परिषद, बाल हेल्पलाइन १०९८ बाराको सहकार्य, संरक्षण नेपाल बारा, लगायतको सस्थाहरुको समन्वयमा ती बालकहरुलाई उद्धार गरिएको हो ।
नेपालबाट भारत गएका ति बालकहरु ८ महिनाअघि सम्पर्कविहीन भएको छोरा भेटिएपछि एक बालकका अभिभावकले खुसीहुँदै भनिन्,ुअब छोरालाई स्कुल पढाउँछु। राम्रोसँग हेरविचार गर्छु