संरक्षण , न्युज डेस्क कलैया बारा । सुवर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अमोद चौधरीले कार्यालय संचालन तथा ब्यवस्थापनको लागि कर्मचारीलाई मंगलबार निर्देशन दिनु भएको छ । कार्यालय सञ्चालन तथा व्यवस्थापन सुदृढीकरणका विषयमा बैठकमा कर्मचारीलाई समयमा उपस्थित हुन निर्देशन दिइएको छ । बैठकले सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीहरूलाई कडा निर्देशन दिँदै विभिन्न प्रशासनिक निर्णयहरूसमेत गरेको जनाइएको छ।
बैठकमा कार्यालय समयको पूर्ण पालना, फाइल व्यवस्थापन र अभिलेख अद्यावधिक, नागरिक सेवा प्रवाहमा ढिलासुस्ती नगर्ने, तथा आन्तरिक समन्वय मजबुत बनाउने विषयमा जोड दिइएको छ। सेवाग्राहीलाई छिटो, पारदर्शी र उत्तरदायी सेवा प्रदान गर्न सबै शाखालाई कार्ययोजना अनुसार काम गर्न निर्देशन दिइएको बताइएको छ।
त्यसैगरी, कार्यालयको समग्र कार्यक्षमता बढाउने उद्देश्यले नियमित अनुगमन गर्ने, जिम्मेवारी तोकिएको काम समयमै सम्पन्न गर्ने र अनुशासनहीनता देखिए कारबाही गर्ने निर्णयसमेत गरिएको स्रोतले जनाएको छ।
गाउँपालिकाले निर्णयहरूको प्रभावकारी कार्यान्वयनमार्फत सेवा प्रवाहको गुणस्तर सुधार हुने विश्वास व्यक्त गरेको छ ।

