चुनावी रणनीतिमा उम्मेदवार

11

१३ कलैया फाल्गुन । बारा क्षेत्र ४ मा उम्मेदवारले चुनावी रणनीति बनाएर घरदैलोमा देखिएका छन । फाल्गुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समय नजिक्दै जांदा उम्मेदवारको चुनावी सरग्रमी संगै चुनाव जित्न रणनीति अपनाउन थालेका छन । क्षेत्र ४ मा हेवि वेटका उम्मेदवार एमालेका किसान श्रेष्ठ संग अन्य दलको लडाइँ रहेको स्थानीयले आंकलन गरेका छन । जितपुरसिमरा , परवानिपुर, प्रसौनी , बिश्रामपुर गाउँपालिका र फेंटाको केही वडा क्षेत्र ४ अन्तर्गतमा पर्छन ।

यसपटकको निर्वाचनमा प्रमुख दल कांग्रेस , एमाले , रास्वपा र नेपाली कम्युनिस्ट पार्टी , जसपा एक्लै चुनावमा होमिएका छन । क्षेत्र ४मा रास्वपाका रहबर अंसारी , कांग्रेसका श्यामबाबु गुप्ता र एमालेको उम्मेदवार किसान श्रेष्ठ संग त्रिकोणातम्क लडाइँ हुने स्पष्ट देखिन्छन् । किसान श्रेष्ठ २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र ४ बाट एकीकृत समाजवादी बाट चुनाव जितेका थिए ।

यसैगरी निर्वाचन क्षेत्र ३ मा समेत कांग्रेस , रास्वपा , जसपा नेपाल र जनमतका उम्मेदवार चुनावी रणनीतिमा लागेका छन । टोल देखि वडा ,पालिका सम्मको मत सर्वेक्षण गर्ने कमजोर देखिएको ठाँउमा पकड बनाउन उम्मेदवारहरु ब्यस्त रहेका छन । बारा क्षेत्र २ मा समेत अन्तिम लडाइँ एमाले , कांग्रेस , जसपा र रास्वपा संग हुने आंकाट देखिएको छ । चुनाव जित्न उम्मेदवारले आ आफ्नो पकड बनाउन चुनावी रणनीति अघि सारेका छन ।

शेयर