बारामा मदिरा बिक्री–सेवन निषेध

11

संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १४ । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाराले मदिरा बिक्री–वितरण तथा सेवनमा अस्थायी प्रतिबन्ध लगाएको छ। जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक गरेको सूचनाअनुसार शान्ति–सुरक्षालाई दृष्टिगत गर्दै विभिन्न समयसीमा तोकी निर्णय लागू गरिएको हो।

सूचनाअनुसार फागुन १५ गतेदेखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म बाराभरि मदिरा लगायत सबै प्रकारका मादक पदार्थको ओसारपसार, बिक्री–वितरण र सेवन कार्य पूर्ण रूपमा निषेध गरिएको छ।
यस्तै, फागुन १५ गते राति १२ : ०० बजेदेखि फागुन १७ गते राति १२स्०० बजेसम्म भारतसँग जोडिएका जिल्लाका सबै सीमाना नाका पूर्ण रूपमा बन्द रहने जनाइएको छ।
यसैगरी फागुन २० गते राति १२ : ०० बजेदेखि मतदान कार्य सम्पन्न नहुँदासम्म एम्बुलेन्स, दमकल, दुध तथा औषधि बोकेका सवारी, खानेपानी तथा विद्युत सेवा, सुरक्षा

निकायका सवारी, अस्पताल सेवा र अनुमति प्राप्त कूटनीतिक नियोगका सवारीबाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइने सूचनामा उल्लेख छ।प्रशासनले निर्णयको पालना गर्न सर्वसाधारण, व्यवसायी र सरोकारवालालाई आग्रह गर्दै उल्लंघन भए प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।

शेयर