भुमिसुधार तथा मालपोत कार्यालय गौरमा व्यापक भ्रष्टाचार

16

संरक्षण , चैत्र ११ रौतहट । भुमि सुधार तथा मालपोत कार्यालय गौरमा कार्यरत रहेका शाखा अधिकृत रन्जय पटेलको कार्यशैलीबाट सेवाग्राहीहरू मर्कामा परेका छन्। भुमिसुधार कार्यालयमा कार्यरत शाखा अधिकृत पटेलले नियम र कानुन बमोजिम गर्न मिल्ने कार्य रौतहट जिल्ला अदालतको फैसला र मिलापत्र बमोजिमको अंश भागमा परेको जग्गाको दाखिल खारेज, नामसारी,जग्गा प्रमाणित, संसोधन लगायतका काममा अनुचित रुपमा लाभ लिन खोजेको सेवाग्राहीहरुले गुनासो रहेका छन्।

नियम संगत हुने काममा बिना कारण अबरोध सृजना गर्ने, बहाना खोज्ने कार्य शाखा अधिकृत पटेलले गर्ने गरेको भनाइ सेवाग्राहीहरुको रहेको छ। मालपोत, भूमिसुधार र नापी कार्यालयमा कर्मचारीहरू अनुचित रुपमा आर्थिक लाभ लिने नियत राखेर काम गर्ने गरेको हुदा नियमित रुपमा स्थानीय प्रसासन प्रमुख छड्के अनुगमन निरिक्षण गर्न जरुरी रहेको छ। भ्रस्टाचार नियन्त्रण गर्न कर्मचारी माथि नै कानुनको डन्डा प्रहार नगरे सम्म यस्ता बिकृतिको अन्त्य हुन सकिदैन ।

शेयर