सरक्षंण, न्युज डेस्क कलैया फाल्गुन ९ । बाराको बलिरामपुर सिमानाका भएर कुख्यात तस्कर तबारकको तस्करी धन्दा मौलाएको छ । प्रहरी चौकी मुसहर्वाको प्रहरी नायब निरीक्षक नारायण लुईटेल र घुमुवा प्रहरी आलमको सेटिङ्गमा मोटरसाइकलको पार्ट पुर्जा व्यापक तस्करी भैइरहेको समाचार प्राप्त भएको छ ।
तबारका भन्ने तस्करले आफ्नो सुजुकी बाईक प्रयोग गरि बिश्रामपुर स्थित डम्पिङ साईड बाट मोटरसाइकलको पार्ट पुर्जा बिरगंज , हेटौंडा , काठमाडौ सम्म रात्री बसमा पुर्याउने गरिएको प्रत्यक्षदर्शीले बताएका छन । माथिल्लो निकाएको ध्यान चुनाव केन्द्रित भएको अवस्थामा मुसहर्वा ,बलिरामपुर सिमानाका बाट भन्सार छलिका करोडौंको मालसामान ओसार्ने गरिएको श्रोतको दाबी रहेको छ । राज्यको सिमासुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी ,नेपाल प्रहरी सिमामा २४ घन्टा तैनाथ भएपनी सिमाबाट भित्रीयाईएको मालसामान सजिलैसँग गन्तब्य सम्म पुगिने गरिएको छ । यस सम्बन्धमा प्रहरी चौकी मुसहर्वाको प्रहरी नायब निरीक्षक नारायण लुईटेल संग प्रतिक्रिया लिन खोज्दा वहाँले सम्पर्क गर्न चाहनु भएन ।
