बिरगंज महानगरका नगर प्रमुख सिंह सहित सात जना विरुद्ध बिशेष अदालतमा मुद्दा दायर

7

संरक्षण , जेठ २६ बारा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अरूको छोरीलाई आफ्नी छोरी दाबी गरी झुटो विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

नगरप्रमुख सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– १० की रिता भट्टराईकी छोरी रुविना भट्टराईलाई रुविना श्रेष्ठ बनाएर नागरिकता दिलाएको बताइएको छ।

२०७१ कात्तिक २० गते वीरगन्ज– ३ को कार्यालयमा रुविना श्रेष्ठको झुटो विवरण राखी जन्मदर्ता प्रमाणपत्र बनाइएको र सोही जन्मदर्ता प्रमाणपत्रका आधारमा वडाबाट सिफारिस गराई जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७५ साउन १३ गते नागरिकता जारी गरिएको आरोपपत्रमा उल्लेख छ।

अख्तियारले नगरप्रमुख सिंह र बालिकाकी आमा रिता भट्टराईलाई यो अवैध काम गराउन मुख्य सहयोगी ९मतियार० बनेको अभियोग लगाएको छ। त्यसैगरी, तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन वडा सदस्य एवं कार्यवाहक वडाध्यक्ष तैफुल अख्तर ठकुराईमाथि जानीजानी गलत सरकारी कागजात ९जन्मदर्ता र नागरिकता सिफारिस० तयार पारेको अभियोग छ।

गलत विवरणका आधारमा नागरिकता जारी गर्ने प्रक्रियामा संलग्न रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी कायम गरिएको छ।

 

शेयर