पर्सामा २५ बर्ष अघि कर्तव्य ज्यान मुद्दाका अभियुक्त पक्राउ

7

संरक्षण,जेठ २६ बिरगंज । पर्सा प्रहरीले २५ वर्षअघि भएको कर्तव्य ज्यान ९हत्या० मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तत्कालीन धोरेडा गाविस–८ ९हाल पर्साको पकाहामैनपुर गाउँपालिका–१० निवासी २६ वर्षीया रावडी देवीलाई घरेलु विवादका क्रममा घाँटी थिचेर हत्या गरिएको घटनामा संलग्न रहेका प्रतिवादीलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।

प्रहरीले फरार रहँदै आएका पकाहामैनपुर गाउँपालिका–१ निवासी ५० वर्षीय काशी महतो चौरसियालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ। उनलाई जेठ २४ गते नियन्त्रणमा लिई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

घटनाको लामो समयपछि फरार प्रतिवादी पक्राउ परेसँगै प्रहरीले अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको छ।

शेयर