जनमत पार्टिका उम्मेदवार गुप्ता द्वारा जितपुर सिमरा–१६ टाङ्गिया बस्ति चुनावी सभा पार्टी प्रवेश

17

संरक्षण , न्युज डेस्क कलैया फाल्गुन ९ । प्रमोद गुप्तालाई जितपुर सिमरा–१६ टाङ्गिया बस्तीमा स्थानीय बासिन्दाद्वारा भव्य स्वागत गरिएको छ। उक्त अवसरमा जनमत पार्टीको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रम समेत सम्पन्न भएको थियो।
कार्यक्रममा करिब १०० जना भन्दा बढी युवाहरु तथा स्थानीय नागरिकहरुले जनमत पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरुलाई पार्टीका नेताहरुले खादा तथा अबिर लगाई स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष शिवनाथ पटेलले जनताको भरोसा र समर्थनले जनमत पार्टी बारा जिल्लामा अझ मजबुत बन्दै गएको बताउनुभयो। उहाँले आउँदो निर्वाचनमा जनमत पार्टीलाई अत्यधिक मतका साथ विजयी गराउन अपिल गर्नुभयो।
मा। प्रमोद गुप्ताले जनताको माया, साथ र विश्वास नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गर्दै विकास, सुशासन र समृद्धिका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

टाङ्गिया बस्तीमा भएको उक्त कार्यक्रमले बारा जिल्लामा जनमत पार्टीको संगठन विस्तार तथा जनसमर्थन बढ्दै गएको संकेत गरेको स्थानीयहरुको भनाइ छ।

शेयर