संरक्षण, फाल्गुन १४ काठमाडौँ । सवारी चालक अनुमति–पत्र ९लाइसेन्स० सम्बन्धी लिखित तथा प्रयोगात्मक परीक्षाको परिणाम गैरकानुनी रूपमा फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले सार्वजनिक गरेको सूचनाअनुसार यातायात व्यवस्था कार्यालय, नेपालगञ्ज ९बाँके० मा कार्यरत तथा सम्बन्धित निकायका कर्मचारीको मिलेमतोमा नतिजा परिवर्तन गरिएको आरोप छ।
आयोगका अनुसार सरकारी तथा सार्वजनिक निकायका अभिलेखमा रहेको उत्तरपुस्तिका अनधिकृत रूपमा सच्याउने, केरमेट गर्ने, थपघट गर्ने र हस्तक्षेप गरी नतिजा फेरबदल गरिएको पाइएको हो।
यस प्रकरणमा यातायात व्यवस्था कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख ९उपसचिव० हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव ९सहसचिव० लोकबहादुर सुनार सहित ११ जनालाई प्रतिवादी बनाइएको छ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र १३ बमोजिम कैद तथा जरिवाना सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

