मतदाता शिक्षा कार्यक्रममा मधेसी, मुस्लिम, दलित, थारु तथा सिमाकुत महिलाहरुको सहभागितामा कार्यक्रम सम्पन्न ।

10

पर्सा १६ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ आगामी फागुन २१ गते हुन लागेको निर्वाचन सम्वन्धि मतदाता शिक्षा कार्यक्रममा मधेसी, मुस्लिम, दलित, थारु तथा सिमाकुत महिलाहरुको सहभागितामा पर्साको पटेर्वासुगौली नगरपालिका वडा नम्बर ४ को सुगौली कार्यक्रम सम्पन्न भएको छ ।

महिला, कानून र विकास मञ्चको सहयोग तथा संरक्षण नेपालको आयोजनामा पर्साको पटेर्वासुगौली नगरपालिका वडा नम्बर ४ को सुगौली गाउँमा संचालित १ दिने मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा करिव ६५ जना मधेसी, मुस्लिम, दलित, थारु तथा सिमाकुत महिलाहरुलाई मतदाता शिक्षाबारे अभिमुखिकरण गरिएको संरक्षण नेपालको अध्यक्ष बृजमोहन कुशवाहाले जानकारी दिनु भयो ।

 उनीहरुलाई मतपत्रबारे जानकारी, मतदान गर्ने र मतपत्र पट्याउने तरिका, निर्वाचन आचार संहिता, मतदाताको अधिकार, मतदान गर्न जादाँ अपनाउनुपर्ने साबधानी लगायत विषयमा अभिमुखिकरण गरिएको हो ।

संरक्षण नेपाल संस्थाका अध्यक्ष बृजमोहन कुशवाहाले अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर मतदान गर्ने, मतपत्र पट्याउने लगायत विभिन्न तरिका सिकाइएको बताइन् । उक्त कार्यक्रममा सहभागी महिलाहरुलाई मतदानबारे अभ्यासका लागि नमूना मतदान गराइएको थियो ।

कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाको वडा नम्बर ४ का वडाअध्यक्ष बासु पजियारले संरक्षण नेपाल संस्थाले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम एकदमै प्रभावकारी बनेको बताए ।

‘हाम्रो वडामा मधेसी, मुस्लिम, दलित, थारु तथा सिमाकुत महिलाहरु समुदायमा बसोबास छ, यहाँका महिलाहरुको शैक्षिक अवस्था कमजोर छ, त्यसकारण उनीहरु मतदान गर्दा खेरी बदर गर्ने सम्भावना थियो, यो कार्यक्रम भएपछि धेरै राहत मिलेको छ,’ उनले बताए ।

शेयर