प्रतिनिधिसभा निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा

10

संरक्षण , फाल्गुन १४ बारा । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई दृष्टिगत गर्दै नेपाल सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालय द्वारा जारी सूचनाअनुसार २०८२ मंसिर २० गतेदेखि २०८२ मंसिर २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा रहनेछ।

मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचनसम्बन्धी गतिविधि सहज, व्यवस्थित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न बिदा दिने निर्णय गरिएको जनाइएको छ। सो अवधिमा सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहनेछन् भने अत्यावश्यक सेवाहरू नियमित रूपमा सञ्चालन हुने बताइएको छ।

सरकारले नागरिकलाई निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै सूचनाबारे सबै सरोकारवालालाई जानकारी गराएको छ ।

 

शेयर