संरक्षण, न्युज डेस्क कलैया फाल्गुन १७ । बाराको श्री गढीमाई महेन्द्र प्राविधिक विद्यालयको ४५औँ वार्षिकोत्सव समारोह शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।
समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र कुमार गुप्ता, प्रधानाध्यापक धर्मेन्द्र प्रसाद यादव, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा वक्ताहरूले गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिँदै प्राविधिक शिक्षाले स्थानीय युवाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे।

वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न शैक्षिक तथा सह–पाठ्यक्रम प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिएको थियो। साथै विद्यालयको शैक्षिक उपलब्धि, अनुशासन र समग्र विकासबारे समीक्षा प्रस्तुत गरिएको थियो।
समारोहले विद्यालय र अभिभावकबीचको सहकार्य सुदृढ गर्दै शिक्षाको स्तर उकास्न सबै पक्ष प्रतिबद्ध रहने सन्देश दिएको छ।
