संरक्षण , बारा फाल्गुन ११ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यू आदेश हटाउँदै सीमित क्षेत्रभित्र निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले जिल्ला सुरक्षा समितिको निर्णय र शान्ति–सुरक्षाको अवस्था क्रमशः सुधार हुँदै गएको मूल्याङ्कनपछि कर्फ्यू आदेश निरन्तरता दिनु नपर्ने ठहर गरिएको हो। सोही अनुसार मिति २०८२र११र११ गते साँझ ४स्३० बजेदेखि कर्फ्यू हटाइएको जनाइएको छ।
तर अवस्था पूर्ण रूपमा सामान्य भइनसकेको भन्दै वीरगञ्ज महानगरपालिकाका केही संवेदनशील क्षेत्रमा फाल्गुन ११ गते राती ६ बजे देखि फल्गुण १२ गते बिहान ६ बजेसम्मका लागि कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन तथा आवत–जावतमा रोक लगाउँदै निषेधाज्ञा जारी गरिएको छ।
निषेधाज्ञा लागू हुने क्षेत्रहरू :
पूर्वस् बाइपास रोड
पश्चिमस् रजतिया पुल
उत्तरस् पावरहाउस चोक
दक्षिणस् घण्टाघर चोक
प्रशासनले आदेश उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।

