पीएम कप क्रिकेट शनिबारदेखि, उद्घाटन खेलमा मधेश र कोशी भिँड्दै

22

६ चैत्र फाल्गुन । जनकपुर र वीरगन्जमा एकैसाथ खेलाइने प्रधानमन्त्री ९पीएम० कप मेन्स नेशनल क्रिकेट टुर्नामेन्ट शनिबारदेखि सुरु हुँदैछ । जनकपुरको प्रस्तावित रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशालामा पीएम कपको उद्घाटन खेल खेलाइने छ ।

नेपाल क्रिकेट संघ ९क्यान०ले आयोजना गरेको पीएम कपको उद्घाटन खेल मधेश र कोशी प्रदेशबीच शनिबार बिहानदेखि सुरु हुँदैछ । मधेश प्रदेशका खेलकुद तथा समाजकल्याण मन्त्री वसन्त कुशवाहाले पीएम कपको शुभारम्भ गर्नेछन् ।

सात प्रदेश र तीन वटा विभागीय टिम ९नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना० बीच पीएम कपमा प्रतिस्पर्धा हुनेछ । वैसाख ३ सम्म चल्ने पीएम कप क्यानको एक दिवसीय क्रिकेट लिग हो । ५० ओभरको खेल हुनेछ । पीएम कप अन्तर्गत जनकपुरमा उद्घाटनसहित १७ वटा म्याच हुनेछन् भने वीरगन्जमा पनि केही म्याचसहित फाइनल खेल हुने पीएम कप क्रिकेट टुर्नामेन्टका डाइरेक्टर आकाश पाण्डेले जानकारी दिए ।

पीएम कपका लागि जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा रहेका तीन वटै पिचलाई तयार पारिएको छ । टुर्नामेन्ट डाइरेक्टर पाण्डेका अनुसार पीएम कपका लागि जनकपुरको क्रिकेट मैदान तयार रहेको बताए । ‘तीन वटै पिचलाई रोलर चलाएर तयार पारिएको छ,’ पाण्डेले भने,‘खेल हुने क्रिकेट मैदानको चारैतिर बाउन्ड्री बाहिर दर्शक बस्ने बन्दोबस्त मिलाइएको छ ।’ गत वर्षको जय ट्रफी क्रिकेट प्रतियोगिता पनि मधेश प्रदेशकै जनकपुर र वीरगन्जमा आयोजना गरिएको थियो ।

शेयर