चट्याङ लागेर गुल्मीमा ३ जना घाइते, ३ वटा बाख्रा मरे

16

६ चैत, कलैया । गुल्मीको मालिका गाउँपालिका(२ दर्लिङमा चट्याङ लागेर ३ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो परेको चट्याङ लागेर ३२ वर्षकी गोमा खड्का, २८ वर्षकी निरु खड्का र २९ विष्णु खड्का घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ९ डिएसपी ० गंगाबहादुर सारुले जानकारी दिए ।

त्यस्तै चट्याङ लागेर सोही ठाउँमा ३ वटा बाख्रा मरेका छन् ।

शेयर