८ फाल्गुन कलैया — नेपाल र हङकङबीच चैत १२ मा हुने भनिएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल आइतबार रद्द गरिएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले प्रेस विज्ञप्ती जारी गर्दै दशरथ रंगशालामा हुने भनिएको खेल अब स्थगित भएको जनाएको हो ।
एन्फाको अर्लि इलेक्सन विवाद, एन्फा र राष्ट्रिय खेलकुद परिषद्बीचको टकराव तथा पुरुषको राष्ट्रिय लिग र महिलाको सहिद स्मारक लिग स्थगनबीच अहिले हङकङविरुद्धको खेल पनि नहुने भएको हो ।
एन्फाले भनेको छ, ुराखेपसँग फागुन १० गतेको पत्रमार्फत मैत्रीपूर्ण खेलको सञ्चालनका लागि रंगशाला र त्यसको खेल मैदानको लागि स्वीकृति मागेको थियौं । चैत ३ मा रंगशालाको फ्लड लाइट्स, स्कोर बोर्ड र अन्य पूर्वाधार खेलको लागि उपलब्ध गराउन पत्र पठाएका थियौं । तर, एन्फाको आग्रह र खेल सञ्चालनको स्विकृति राखेपले नदिएको हुनाले त्यस खेल स्थगित गरिएको छ ।
