बारा क्षेत्र २ मा एमाले ,कांग्रेस , जसपा अन्तिम लडाइँमा

11

संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १३ । बारा जिल्ला निर्वाचन क्षेत्र नं। २ मा आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। बारा निर्वाचन क्षेत्र २ मा चुनावी रणनीति परिवर्तन संगै उम्मेदवारहरु बिच कडा प्रतिस्पर्धा देखिएका छन । नेपाली कांग्रेस , एमाले , जसपा नेपाल र रास्वपाका उम्मेदवार बिच अन्तिम लडाइँ हुने आकलन गरिएको छ । मतदाताहरु खुलेर नलागेपनी स्थलगत रिपोर्टिङ्ग र जनभावना अनुसार क्षेत्र २ मा एमाले , कांग्रेस , जसपा बिच नै अन्तिम लडाइ हुने संभावना बढ्दै गएका छन् । सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणका लागि सबै उम्मेदवारले आश्वासन बाडदै छन । स्थानीय मतदाताको समस्या रोजगारी सृजना , बाटो, सिचाइ रहेका छन ।

निर्वाचन क्षेत्र नं। २ मा यसपटक त्रिकोणात्मक प्रतिस्पर्धा हुने देखिएको छ। एमालेबाट बालबीर चौधरी, जसपा नेपालबाट रामकिशोर यादव, नेपाली कांग्रेसबाट भैयाराम यादव तथा प्रगतिशील लोकतान्त्रिक पार्टी बाट शिवचन्द्र कुशवाहा , जनमत पार्टीबाट राजेश साह चुनावी मैदानमा छन्। सबै उम्मेदवार मतदाता रिझाउन घरदैलो कार्यक्रम र भेटघाटलाई तीव्र बनाइरहेका छन्।

चुनावी गतिविधि बढेसँगै बारा–२ मा कसले बाजी मार्ला भन्ने चासो बढेको छ। तर पछिल्लो समय देखिएको जनसमर्थन र सक्रियताले एमाले उम्मेदवार बालबीर चौधरी बलियो दाबेदारका रूपमा उभिएका छन्।

शेयर