निर्वाचन सम्वन्धि मतदाता शिक्षा कार्यक्रम रौैतहट र पर्साको बिभिन्न स्थानमा कार्यक्रम सम्पन्न ।

15

कलैया १७ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ आगामी फागुन २१ गते हुन लागेको निर्वाचन सम्वन्धि मतदाता शिक्षा कार्यक्रममा मधेसी, मुस्लिम, दलित, थारु तथा सिमाकुत महिलाहरुको सहभागितामा रौैतहट र पर्साको बिभिन्न स्थानमा कार्यक्रम सम्पन्न भएको छ ।

महिला, कानून र विकास मञ्चको सहयोग तथा संरक्षण नेपालको आयोजनामा रौतहटको गरुडा नगरपालिकाको वडा नं १ र २ तथा कटहरिया नगरपालिकाको ४ साथै पर्साको पटेर्वासुगौली गाउँपालिकाको वडा नं २ र ४ गरी ५ स्थानमा मतदाता शिक्षा कार्यक्रम सम्वन्धि १ दिने अभिमुखिकरण सम्पन्न भएको हो ।
उक्त कार्यक्रमहरुमा मधेसी, मुस्लिम, दलित, थारु तथा सिमाकुत महिलाहरुलाई मतदाता शिक्षाबारे अभिमुखिकरण गरिएको संरक्षण नेपालको अध्यक्ष बृजमोहन कुशवाहाले जानकारी दिनु भयो ।
सो कार्यक्रममा सहभागी भएकाहरुलाई मतपत्रबारे जानकारी, मतदान गर्ने र मतपत्र पट्याउने तरिका, निर्वाचन आचार संहिता, मतदाताको अधिकार, मतदान गर्न जादाँ अपनाउनुपर्ने साबधानी लगायत विषयमा अभिमुखिकरण गरिएको थियो
संरक्षण नेपाल संस्थाका अध्यक्ष बृजमोहन कुशवाहाले अगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर मतदान गर्ने, मतपत्र पट्याउने लगायत विभिन्न तरिका सिकाइएको बताइन् । उक्त कार्यक्रममा सहभागी महिलाहरुलाई मतदानबारे अभ्यासका लागि नमूना मतदान गराइएको थियो ।
सो अभिमुखकरण मार्फत गाउँका मधेसी, मुस्लिम, दलित, थारु तथा सिमाकुत महिलाहरुको शैक्षिक अवस्था कमजोर रहेकोले उनीहरु मतदान गर्दा मद बदर गर्ने सम्भावना बढी देखिएकोले यो अभिमुखिकरण कार्यक्रम भएपछि धेरै राहत मिलने र मत सदर हुने उदेश्यले कार्यक्रम संचालिन गरिएको आयोजक संस्थाका अध्यक्षले बताउनु भयो ।
उतm अभिमुकरण कार्यक्रमहरु संचालित नगरपालिका तथा गाउँपालिकाको वडाको समन्वय तथा सहकार्य सम्पन्न भएको थियो ।

शेयर