पोखरा बाट काठमाडौको लागि छुटेको यात्रुबाहक बस धादिङमा दुर्घटना १७ जनाको मृत्यु २४ जना घाईते

11

संरक्षण ११ फागुन,काठमाण्डौं । धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित पृथ्वी लोकमार्गमा गए राति करिब साढे १ बजे पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसेर दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

रातिको समय भएकाले उद्धारमा केही कठिनाइ भए तापनि सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारका गोताखोरसहित नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घटनास्थलबाट घाइतेहरूको उद्धार गरी विभिन्न अस्पताल पठाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

दुर्घटनाको स्पष्ट कारण अझै खुल्न सकेको छैन भने हालसम्म मृतक र घाइतेहरूको सनाखत हुन बाँकी छ र १७ जना मृतकको शव अझै घटनास्थलमै रहेको बताइएको छ।

शेयर