संरक्ष्ण, न्युज डेस्क कलैया फाल्गुन ११ । नेपाल भारत सिमानाका मै बर्षौ देखि अबैध मदिरा पसल संचालनमा रहेको छ । बाराको कचोर्वा झरोखर सिमानाका , सिम्रौनगढ सिमानाका ,पचरौता स्थित गुलेरिया , संतग्ंज स्थित सिमानाका , मटिर्वा , बिश्रामपुर, बलिरामपुर , मुसहर्वा दक्षिणी सिमानाकामा भारतियले अबैध रुपमा मदिरा पसल संचालन गर्दै आएका छन ।
नेपाल प्रहरी ,सशस्त्र प्रहरी मातहतका युनिटलाई मांसिक नजराना बुझाए बापत यसरी खुल्ला रुपमा दशगंजा भित्र मदिरा पसलहरु संचालनमा रहेका छन । भारतियले दशगंजा सिमामा यसरी बर्षौ देखि मदिरा पसल घर ,टहरा , पक्की घर बनाएर थोरैले अर्का आफन्तको नाम ईज्जात पत्र लिइ ब्यवसाय संचालन गरेका छन । क्यौले भारतिय बिधुतिय स्क्यानर समेत प्रयोग गरिएको भेटिएको छ । खुल्ला सिमानाको कारण अधिकांस भारतियहरु मदिरा सेवन गर्न नेपाल प्रवेश गर्ने गरेको पाईएको छ ।

अबैध रुपमा संचालन हुँदै आएको मदिरा पसल संचालक भारतिय नै भेटिएको छ । बर्षौ देखि संचालनमा रहेका यस्ता मदिरा पसलहरु जिल्ला प्रशासनले हटाउन प्रयास गरेपनि कार्यनयन हुन सकेका छैन । यस्ता खुल्याम मदिरा पसलले सिमामा अपराध फस्टाएको स्थानीयहरु बताउँछन् । यस्ता पसलहरुको आडमा मदिरा भारत तर्फ निर्यात गर्ने सहज भएको देखिन्छ । निर्वाचनको बेला २४ घण्टाको लागि सिल गरिने सिमानाका पुनस् संचालनमा आएपछि दंशगजामा खोलिएको यस्ता अबैध मदिरा पसल नियन्त्रण गर्नुपर्ने देखिन्छन् ।
