आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष प्रत्याशी अताउल अंसारी कांग्रेसमा प्रवेश

18

संरक्षण, न्युज डेस्क कलैया फाल्गुन १७ । आदर्श कोतवाल गाउँपालिकाका चर्चित युवा नेता तथा गाउँपालिका अध्यक्ष पदका प्रत्याशी अताउल अंसारी औपचारिक रूपमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बाराको कोल्हबीमा आयोजित आमसभामा नेपाली कांग्रेसका सभापति गगन थापाले टीका लगाएर अंसारीलाई पार्टीमा स्वागत गरेका हुन्।

नवप्रवेशी अंसारी यसअघि नेकपा माओवादी केन्द्रबाट स्थानीय तह निर्वाचनमा गाउँपालिका प्रमुख पदमा प्रतिस्पर्धा गरेका थिए। उनको कांग्रेस प्रवेशसँगै आदर्श कोतवालको स्थानीय राजनीतिमा नयाँ समीकरण बन्ने चर्चा सुरु भएको छ।

स्थानीय राजनीतिक वृत्तमा अंसारीको आगमनले २०८४ को स्थानीय तह निर्वाचनमा शक्ति सन्तुलन र प्रतिस्पर्धामा प्रभाव पार्ने विश्लेषण भइरहेको छ। कार्यक्रममा उपस्थित सिम्रौनगढ नगरपालिकाको पुर्व नगर प्रमुख बिजयशंकर यादव , नेपाली कांग्रेस मधेस उपाध्यक्ष चन्द्रशेखर यादव प्रदेश नेता–कार्यकर्ताले अंसारीलाई बधाई दिँदै सफल राजनीतिक यात्राको शुभकामना दिइएका थिए ।

शेयर