जितपुर नगर अस्पतालको सम्पुर्ण सेवा ठप्प

11

संरक्षण ,न्युज डेस्क कलैया फाल्गुन १३ । जीतपुरसिमरा उपमहानगरपालिका २ स्थित नगर अस्पतालका चिकित्सक र जनप्रतिनिधिबीचको विवादका कारण अस्पतालको सम्पूर्ण सेवा ठप्प भएको छ । वडा नं ६ का वडा अध्यक्ष कैमुदिन अन्सारीले ड्युटीमा रहेका चिकित्सकमाथि अभद्र व्यवहार गरेको भन्दै अस्पताल प्रशासनले सेवा बन्द गरेको हो ।

अस्पताल प्रशासनका अनुसार चिकित्सकले बिरामीको उपचार र परामर्श गरिरहेकै समयमा बिरामीमा ‘सिजर’ ९छारे रोग जस्तो समस्या० देखिएको थियो । सोही विषयलाई लिएर वडा अध्यक्ष अन्सारीले उत्तेजित हुँदै गालीगलौज र धम्की दिएको चिकित्सकको आरोप छ ।

घटनाको विरोध गर्दै अस्पतालका सम्पूर्ण कर्मचारीहरूले सामूहिक हस्ताक्षरसहित नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । नगर प्रमुख राजन पौडेलले घटनाप्रति चासो देखाउँदै यथासक्य चाँडो सेवा सुचारु गर्न पहल भइरहेको जानकारी दिएका छन् । यता वडाध्यक्ष अंसारीले भने आफूले चिकित्सकमाथि दुव्र्यवहार नगरेको बताएका छन् । उक्त रक्तचापको बिरामी ओछ्यानमा छट्पटाई रहदाँ समेत चिकित्सकले वास्ता नगरेपछि आफूले असन्तुष्टी जनाएको बताए ।

‘बिरामी ओछ्यानमा छट्पटाईरहेको छ । स्वास्थ्यकर्मीले लापरवाही गरिरहेका छन् । त्यो दृश्यक कसले हेरेर बस्न सक्छरु’ अंसारीले भने ‘मैले जनप्रतिनिधि मात्र नभई आम नागरिकको हैसियतले सम्झाउन खोज्दा उल्टै अनेक कुरा गर्न थालियो ।

शेयर