संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १५ । कलैयामा ट्राफिक व्यवस्थापन फितलो रहेको देखिको छ। कलैयाको मुख्य भरत चोकमा गाडिहरुको अव्यवस्थित पार्किङ हुँदा हुदै त्यस ठाउँमा अस्थायी ट्राफिक पोस्ट कलैयाबाट खटिएका ट्राफिक प्रहरीहरु अव्यवस्थित पार्किङ तर्फ चासो नराखी कहिले मोबाइलमा कुरा गर्दै । त कहिले साना व्यवसायी ई-रिक्साबाट पैसा असुली गर्दै आफ्नोे ट्यूटी सकाई रहेको स्थानीय स्रोतले जानकारी गराएका छन।
स्थानीय स्रोतका अनुसार अस्थायी ट्राफिक पोस्ट कलैयाको ट्राफिक व्यवस्थापन खासगरी बरेवा अस्पताल रोड, अदालत रोड, बैक रोड , बजार रोडमा अव्यवस्थित सवारीसाधन पार्किङले सर्वसाधारण लाई सास्ती खेप्नु परेको छ । ट्राफिक फितलो भएको कारण कलैयाको बैंक रोग , महाबिर रोड , सोनारपट्टी रोडमा अव्यवस्थित पार्किङका कारण ग्रामीण क्षेत्रबाट दैनिक उपभोग समान किनमेल गर्न आउने उपभोक्ताहरुले सास्ती भोगीने गरेको स्रोतले बताएका छन ।
त्यति नभाई ट्राफिक प्रहरी ऐन अनुसार बालुवा , गिट्टी , इट्टा , माटो, सिमेन्ट , डन्डी , उखु, लगायतका बस्तुहरु ओभर लोड नगर्ने र त्रिपालबाट छोपेर गन्तव्य तिर लने वयवस्था रहेको हुदाहुदै अस्थायी ट्राफिक पोस्ट कलैयाले ट्रेकटर बाट २०० सय ट्रकबाट ५०० सय रुपैयाँ लिएर आफ्नै कार्यालय अगाडिबाट सहजै रूपमा आवत जावत भईरहेको हुँदा कुनै पनि कार्वाही नगरेको स्रोत ले दाबी गरेको छ ।
यस बिसयमा अस्थायी ट्राफिक पोस्ट कलैयाका प्रमुख जितेन्द्र मण्डल सङ्ग बुझदा मैलेमात्र कलैया ट्राफिक पोस्टमा आउँदा यसतो नभएको तपाईंलाई थाह नै भएको होला पहिला पनि यसठाउमा म भन्दा अगाडी थुप्रै ईन्चार्ज हरु आएर गयको र यो समस्या मात्र कलैया रहेको छैन । पथलैया सिमरा अमलेखगञ्ज निजगढ लगायतको ठाउँहरुमा रहेको र आफुले कसै सङ्ग पैसा नखायको प्रतिक्रिया दिएका छन ।

