क्षेत्र २ का लागि पसिना होईन रगत बगाउछु : एमाले उम्मेदवार बलबिर चौधरी

12

संरक्षण, न्युज डेस्क कलैया फाल्गुन १३ । बारा क्षेत्र २ का प्रतिनिधि सभा सद्स्य उम्मेदवार बलबिर चौधरीले क्षेत्रमा पसिना होईन रगत बगाउन तयार रहेको बताउनु भएको छ । फाल्गुन २१ गतेको निर्वाचनको समय नजिक्दै जांदा एमाले उम्मेदवार चौधरीले घरदैलो चुनावी अभियानमा पत्रकार संग संक्षिप्त कुराकानी गर्दै क्षेत्र २ उपेक्षित रहेको ,यहाँको शिक्षा ,स्वास्थ ,कृषि ,सिचाइको अवस्था कमजोर रहेकोले राज्य स्तर बाट नै समाधान गर्नुपर्नेमा जोड दिनु भयो ।

युवा रोजगारीको लागि स्थानीय तहमा सीप ,तालिम ब्यवस्थापन गरि युवाहरूलाई खाडी मुलक जान बाट बंचित गर्न सकिने बताए । नेकपा एमालेको केन्द्रिय सद्स्य समेत रहेका चौधरीले क्षेत्र २ का बांसिलाई तत्कालीन जिल्ला बिकास समिति मार्फत सडकको स्तर उन्नतिको काम गरेको स्मरण गराए । एक अर्को प्रसङ्गमा देशमा जेन्जी पुस्ता ७६ जनालाई गोलि हानी हत्या गरेको आरोप तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलि लाई लगाईएको आरोप निराधार हो , जनताले अहिले बुझिसकेका छन ।

जेन्जी पुस्तालाई कसले उस्काए ,सिंहदरबार ,सर्वोच्च कसले जलाए रु आज जेन्जीहरु कहाँ छन रु यथावत प्रश्नहरुको उतर यतिबेला आम जनताले बुझिसकेकोले एमाले पार्टी नै देशमा समृधी बिकास ,परिवर्तन ल्याउने पार्टी रहेको बताउदै साथ सहयोगको अपेक्षा गर्नु भएको छ ।

शेयर