संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १४ । बारामा मतदाता शिक्षा अप्रभावकारी देखिएको छ । बाराको १६ वटै स्थानीय तहमा बिधालयको महिला बाल बिकास सहजकर्तालाई मतदाता शिक्षाको तालिम दिइएको छ । तर मतदाता शिक्षा बारे अहिले पनि अशिक्षित समुदाय लाई जानकारी नै छैन ,महागढीमाई नपा १ का बिनोद रामले बताए ।
सहजकर्तालाई खटाएको छ तर अशिक्षित महिला ,वृद्ध ,ज्येष्ठ नागरिक ,अपाङ्गता भएका ब्यक्ति मतदाता शिक्षा बाट बंचित रहेका छन । समयमा दलित बस्ती ,मुसहर बस्ती लगायत हरेक क्षेत्रमा मतदाता शिक्षा पुग्न नसकेको स्थानीयहरु नै बताउछन् । २०७९ को प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बाराका चारै निर्वाचन क्षेत्रमा कुल ५० हजार भन्दा बढी मत बदर भएका थिए । निर्वाचन कार्यालयले प्रकाशित गरेको तथ्यांकअनुसार बारा–१ मा कुल १०,४७३ मत, बारा–२ मा १३,३४२ मत
बारा–३ मा १२,९३२ मत , बारा–४ मा १३,५३० मत बदर भएको थियो ।
बिगतको तथ्यांकअनुसार निर्वाचन आयोग कार्यालय बाराले २०७९ को निर्वाचनमा पनि मतदाता शिक्षा प्रणाली अघि सारेको थियो । तर मतपत्र बदर संख्या सोचेको भन्दा बढी आएको देखिन्छन् । निर्वाचनमा उम्मेदवार पाउने एक मतपत्रको महत्व अमुल्य रहेकोले त्यसै मत बदर हुने सम्भावना फाल्गुन २१ गतेको निर्वाचनमा समेत पाईने सकिने सम्भावना बढेका छन ।
यी बदर मतहरूमा प्रत्यक्ष तथा समानुपातिक दुवै प्रणालीका मतहरू समावेश छन्। कुल मिलाएर बारामा ५० हजारभन्दा बढी मत खराब परेकोले मतदाता शिक्षा र मतदान प्रक्रियामा सुधार आवश्यक देखिएको उल्लेख गरिएको छ।

