संरक्ष्ण १७ कलैया — युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएका पीडालाई बिर्सँदै इन्टर मिलानले इटालीको सिरी ए मा शनिबार जेनोआलाई २–० ले पराजित गरेको छ । यो जितले इन्टर लिग उपाधि जितर्फ उन्मुख रहेको छ ।
सानसिरोमा भएको खेलमा इन्टरका लागि फेडेरिको डिमार्को र हाकन चाल्हानग्लुले एक एक गोल गरे । यो जिवतपछि इन्टरले दोस्रो स्थानमा रहेको एसी मिलानमाथि १३ अंकको ठूलो बढत लिएको छ ।
इन्टरको २७ खेलबाट ६७ अंक भएको छ । मिलान भने ५४ अंकमा छ । त्यस पछाडि नेपोलीको ५३ र एएस रोमाको ५० अंक छ । नेपोलीले अर्को खेलमा भेरोनालाई २–१ ले हरायो ।
