नेपाली कांग्रेसको नियमित १५ औ महाधिवेशन असोज १६ गतेदेखि काठमाडौमा हुने पारित

15

संरक्षण , चैत्र ११ बारा । नेपाली काँग्रेसले १५ औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्ने गरी कार्यतालिका संशोधनसहित पारित गरेको छ ।

बुधवार बसेको पार्टी केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनले १५ औँ महाधिवेशनको प्रक्रिया यही चैत २३ गतेदेखि सुरु हुने समेत जानकारी दिए ।

कार्य तालिकाअनुसार २०८३ भदौ २ गतेदेखि वडा अधिवेशन, गाउँ तथा नगर अधिवेशन भदौ ७ मा हुने गरी निर्णय गरिएको बताइएको छ ।

उनले बैठकले पार्टीको केन्द्रीय महाधिवेशन अगामी असोज १६,१७, १८ र १९ गते काठमाडौँमा गर्ने निर्णय गरिएको जानकारी दिए । ‘पार्टीको १५औँ महाधिवेशनको मिति पारित भयो । महाधिवेशनको प्रक्रिया चैत २१ गतेबाट सुरु गर्छौँ । महाधिवेशनको फाइनल अगामी असोज १६,१७,१८ र १९ मा हुन्छ । बाँकी निर्णयहरू बारे भोलि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौँ’उनले भने ।

बैठकले सरकार निर्माणको क्रममा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई औपचारिक रूपमा बधाई एवं शुभकामना दिएको बताए । बैठकका बाँकी निर्णयहरू बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रवक्ता चालिसेले जानकारी दिए ।

शेयर