साम्प्रदायिकता फैलाउने मुख्य योजनाकार शेख जमशैद वडा अध्यक्ष अवधबिहारी साह सहित २० जना रौतहट प्रशासनको नियन्त्रणमा

10

संरक्षण रौतहट, ९ फागुन । गौर नगरपालिकाको सबगढामा दुई समुदायबीच उत्पन्न साम्प्रदायिक तनावलाई पुनः भड्काएर शान्ति सुरक्षामा खलल पुर्याउने मुख्य योजनाकारको समेत आरोप लागेका शेख जमशैद र वडा नम्बर ६ का वडा अध्यक्ष अवधबिहारी साह सहित २० जनालाई रौतहट प्रशासनले नियन्त्रणमा लिएका छन् ।निर्वाचनको समयमा समाज अशान्ति, धार्मिक सदभावमा खलल एवं सिंगो जिल्लालाई नै अशान्त बनाउने कार्यमा संलग्न रहेको आरोप लागेका जनमत पार्टीका जिल्ला इन्चार्ज जमशैदलाई शनिवार दिउसो रौतहट प्रशासनले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका हुन् ।

प्रमुख जिल्ला अधिकारीको आदेश पश्चात नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जमशैदलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय गौरमा उपस्थित गराएको प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले पुष्टि गरे । सहायक प्रजिअ यादवका अनुसार जमशैद संग आवश्यक सोधपुछ भईरहेको तथा उनको घटनामा कतिको संलग्नता रहेको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान एवं उपलब्ध भएका साबुत प्रमाणको आधारमा सुक्ष्म अुनसन्धान जारी रहेको छ ।

सबगढा गाउँका पूर्व वडाध्यक्ष समेत रहेका जमशैदको संलग्नता रहेको स्थानीय बासिन्दाहरु देखि लिएर सुरक्षा निकायलाई प्राप्त भएको जानकारीका आधारमा उनी संग सोधपुछ भईरहेको बताइएको छ ।विहिवार रातिको घटनालाई लिएर शुक्रवार विहान देखि दिउसो सम्म भएका उपद्रव पश्चात हिजो अपरान्ह् दुवै समुदाय बीच सहमति भएपछि स्थिति साम्य बनेको थियो । तर शनिबार बिहानैदेखि योजनाबद्ध रुपमा तनाव सृजना गर्ने अडियो क्लिपहरु बाहिरिएपछि एकाएक घटनाले उग्र रुप लिएपछि कर्फयु समेत लगाउनु परेको श्रोतले दाबी गरे ।

स्मरणीय छ की, विगतमा पनि शेख जमशैदको भुमिका निकै विवादाष्पद रहेको देखिन्छ । गत बर्ष होलीको समयमा भएको यस्तै घटनालाई उनकै कारण भडिएका थिए । त्यसपछि यसरी नै सदभाव कायम राख्ने सम्झौताहरु भएको थियो तर अवस्था जसकी तस नै रहयो । त्यती मात्रै नभई हतियार झुण्डयाएर साउथ हिन्दी फिल्ममा देखिने फोटो सामाजिक संजालमा राखेपछि निकै चर्को आलोचना देशै भरी भएपनि उनलाई कारवाही भएन । शेख जमशैदको उठन र वैठन जिल्लाका उच्च पदस्थ सुरक्षा पदाधिकारीहरु संग विगतका दिनहरुमा हुने गरेको हुँदा निजको मनोबल बढ्दै गएको स्थानीयहरु बताउँछन् ।

शेयर