बारामा आचारसंहिताको धज्जी कार्यनयन गर्ने निकाए नै उदासीन

10

संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १२ । बारामा प्रमुख दलका उम्मेदवारहरु बाट आचारसंहिताको धज्जी उडाईएको छ । जिल्ला प्रशासन कार्यालय बाराले आचारसंहिता पालना गर्न निर्देशन दिइएको भएपनि कार्यनयन गर्ने निकाए नै उदासीन भएपछि आचारसंहिताको खिल्ली उडाईएको छ । खासगरी डिजे साउन्ड चर्को आवाज , घरदैलोमा बालबालिकाको प्रयोग , पोष्टर पप्लेट टांसने लगायतको कार्य कार्यक्षेत्रमा देखा पर्न लागेका छन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाराले प्रचारप्रसारका लागि सवारी साधन प्रयोग गर्दा अनिवार्य रूपमा निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिनुपर्ने बताएका छन्। अनुमति नलिई प्रयोग गरिएका सवारी साधनलाई सुरक्षा निकायले नियन्त्रणमा लिन सक्ने चेतावनी समेत दिएका छन्।

त्यसैले प्रचार–प्रसारका क्रममा सवारी साधन प्रयोग गर्नु अघि अनिवार्य अनुमति लिन अनुरोध गरिएको छ। साथै, आचारसंहिता २०८२ ले डिजे, बाजागाजा र माइकको प्रयोग निषेध गरेको हुँदा त्यस्ता सामग्री प्रयोग नगर्न आग्रह गरिएको छ। यस सम्बन्धमा बाराको प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईले आचारसंहिता पालना गर्न प्रहरीलाई निर्देशन गरिएको दाबी गरेका छन ।

डिजे साउन्ड नियन्त्रणमा लिने बिषयमा उम्मेदवारको गुनासो आएपछि त्यसलाई नियन्त्रणमा लिइएको समझाईबुझाई छोडिएको सहायक प्रजिअ भट्टराईको भनाई रहेको छ । फाल्गुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समय ८ दिन बांकी रहदा बारामा देखिएको अक्रामक प्रचारप्रसार ,संवाद , बालबालिकाको प्रयोग , चर्को डिजे साउन्ड होडबाजीले जिल्ला कै शान्ति सुरक्षा ,निर्वाचन सभ्य ,मर्यादित हुनमा शंका उब्जाएको देखिन्छ ।

 

शेयर