संरक्षण , न्युज डेस्क कलैया फाल्गुन १५ । बारा क्षेत्र ४ मा रास्वपा उम्मेदवार रहबर अंसारी माथी स्थानीय मतदाताहरु रुष्ट भएका छन । बाराको प्रसौनी गाउँपालिका १ मा घरदैलो कार्यक्रम मै स्थानीय युवाले उम्मेदवार अंसारी संग सिधा प्रश्न गर्न खोजेपछि उनका समर्थकहरु बाट स्थानीयलाई कुटपिट गरि घाइते बनाएको घटनाले स्थानीय मतदाताहरु रुष्ट भएका छन ।
बाराको प्रसौनी गाउँपालिका र बिश्रामपुर गाउँपालिकामा समेत रास्वपाका उम्मेदवार अंसारी संग स्थानीय युवाहरूले आक्रोश पोखेका घटना बाट बारा क्षेत्र ४ मा रास्वपा लाई ठुलो असर पर्ने संकेत गरिएको छ । उम्मेदवारले चुनावी रणनीति बनाएर घरदैलोमा देखिएका छन तर स्थानीयले प्रश्न गरेपछि त्यसको समानजनक उतर समेत उम्मेदवारले फर्काउनु पर्छ , मतदाताको हरेक पक्षलाई उम्मेदवारले सुन्नु पर्छ ,कर्तव्य हो । तर बिहिवारको घटनाले बारा क्षेत्र ४ मा तरंग ल्याएको छ ।

फाल्गुन २१ गते प्रतिनिधि सभा निर्वाचनको समय नजिक्दै जांदा उम्मेदवारको चुनावी सरग्रमी संगै चुनाव जित्न रणनीति अपनाउन थालेका छन । क्षेत्र ४ मा हेवि वेटका उम्मेदवार एमालेका किसान श्रेष्ठ संग अन्य दलको लडाइँ रहेको स्थानीयले आंकलन गरेका छन । जितपुरसिमरा , परवानिपुर, प्रसौनी , बिश्रामपुर गाउँपालिका र फेंटाको केही वडा क्षेत्र ४ अन्तर्गतमा पर्छन ।
यसपटकको निर्वाचनमा प्रमुख दल कांग्रेस , एमाले , रास्वपा र नेपाली कम्युनिस्ट पार्टी , जसपा एक्लै चुनावमा होमिएका छन । क्षेत्र ४मा रास्वपाका रहबर अंसारी , कांग्रेसका श्यामबाबु गुप्ता र एमालेको उम्मेदवार किसान श्रेष्ठ संग त्रिकोणातम्क लडाइँ हुने स्पष्ट देखिन्छन् ।
किसान श्रेष्ठ २०७९ को प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र ४ बाट एकीकृत समाजवादी बाट चुनाव जितेका थिए ।
