रौतहट १७ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा रौतहटका मधेसी, मुस्लिम, दलित तथा सिमाकुत महिलाहरु रौतहटको गरुडा नगरपालिकामा संचालित मतदाता शिक्षा कार्यक्रममा सहभागी भएको छ ।
महिला, कानून र विकास मञ्चको सहयोग तथा संरक्षण नेपालको आयोजनामा रौतहटको गरुडा नगरपालिका वडा नम्बर २ को गेडहीगुठी गाउँमा संचालित १ दिने मतदाता शिक्षा कार्यक्रममा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा करिव ६५ जना मधेसी, मुस्लिम, दलित तथा सिमाकुत महिलाहरुलाई मतदाता शिक्षाबारे अभिमुखिकरण गरिएको थियो । उनीहरुलाई मतपत्रबारे जानकारी, मतदान गर्ने र मतपत्र पट्याउने तरिका, निर्वाचन आचार संहिता, मतदाताको अधिकार, मतदान गर्न जादाँ अपनाउनुपर्ने साबधानी लगायत विषयमा अभिमुखिकरण गरिएको हो ।
संरक्षण नेपाल संस्थाका अध्यक्ष बृजमोहन कुशवाहाले आउँदै गरेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर मतदान गर्ने, मतपत्र पट्याउने लगायत विभिन्न तरिका सिकाइएको बताइन् । उक्त कार्यक्रममा सहभागी महिलाहरुलाई मतदानबारे अभ्यासका लागि नमूना मतदान गराइएको थियो ।
कार्यक्रममा गरुडा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष किसनज्दन सहनीले संरक्षण नेपाल संस्थाले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम एकदमै प्रभावकारी बनेको बताए ।
‘यो वडामा मधेसी, मुस्लिम, दलित तथा सिमाकुत महिलाहरु समुदायमा बसोबास छ, यहाँका महिलाहरुको शैक्षिक अवस्था कमजोर छ, त्यसकारण उनीहरु मतदान गर्दा खेरी बदर गर्ने सम्भावना थियो, यो कार्यक्रम भएपछि धेरै राहत मिलेको छ,’ उनले बताए ।
उतm कार्यक्रमले गर्दा करिव ६५ जना महिलाहरुले मतदान गर्न र मत पेटिकामा मतपत्र राख्न सक्षम भएका वडा अध्यक्षले बताए।
