प्रधानमन्त्री सुशीला कार्की र रबि लामिछाने बिच भेटवार्ता

14

संरक्षण ८ चैत काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक र निष्पक्ष निर्वाचन सम्पन्न भएकोमा बधाई दिँदै देशले शान्तिपूर्ण निकास पाएको बताए।

उनले भने, “समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु ।

प्रधानमन्त्री कार्कीले रास्वपाको सफलताका लागि बधाई दिँदै युवा नेतृत्वले देशवासीको अपेक्षा पूरा गर्नुपर्ने बताइन्। उनले भनिन्, “अहिले देश रोएको छ, तपाईँहरूले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्छ। इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ।विरोध र आलोचना गर्नेहरुलाई कामबाटै जवाफ दिन सक्नुपर्दोरहेछ ।”

शेयर