शीतल निवासमा ज्येष्ठ सदस्य केसीको शपथ, उच्च पदस्थको सहभागिता

12

संरक्षण , काठमाडौ चैत्र ११ । शीतल निवासमा बुधबार आयोजित एक विशेष समारोहबीच प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाई रामचन्द्र पौडेलले शपथ गराएका हुन्।
समारोहमा रामसहाय प्रसाद यादव, प्रकाशमानसिंह राउत सहित राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख तथा अन्य उच्च पदस्थ अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शपथ ग्रहणपछि प्रतिनिधिसभाको बैठक सञ्चालनका लागि ज्येष्ठ सदस्य केसीलाई जिम्मेवारी प्रदान गरिएको छ। नेपालको संसदीय अभ्यासअनुसार नवगठित प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालन गर्न ज्येष्ठ सदस्यलाई नै अध्यक्षता गर्ने परम्परा रहेको छ।

उक्त समारोहले नयाँ संसदीय कार्यकालको औपचारिक सुरुवात भएको संकेत दिएको छ भने आगामी दिनमा संसद्को गतिविधि तीव्र हुने अपेक्षा गरिएको छ । यसैगरी राष्टपतिको कार्यालयले भोलि हुने प्रधानमन्त्री बालेन साहको सपथको लागि तयारी तिब्र पारेका छन ।

शेयर