प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम ४ विकेटले विजयी

12

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार वीरगन्जमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेश टिम ४ विकेटले विजयी भएको छ । सुदूरपश्चिमका हेमन्त धामीले घातक बलिङ गर्दै ६ विकेट लिएपछि कर्णाली प्रदेशले अनपेक्षित हार व्यहोर्नु पर्‍यो ।

सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ३२ ओभरमा १० विकेटको क्षतिमा १ सय १९ रनको झिनो योगफल तयार गरेको थियो । उसका लागि विपिन रावलले ६१ बलको सामना गर्दै सर्वाधिक ३३ रन जोडे । सुनिल धमलाले ३१ बलमा २८ रन र अरविन्द घर्ती मगरले ४३ बलमा १३ रनको योगदान गरे ।
सुदूरपश्चिमका हेमन्त धामीले ७ ओभरमा १६ रन दिइ ६ विकेट हात पारे । उनी ‘प्लेयर अफ द म्याच’ पनि भए । अन्य बलरहरू नारायण जोशीले २ ओभरमा ९ रन दिई १ र मिलन बोहराले ३ ओभरमा १४ रन दिइ १ विकेट लिएका थिए ।

झिनो विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९ ओभर २ बलमा ६ विकेटको क्षतिमा १ सय २२ रन बनाउँदै ४ विकेटले विजयी भयो । उसका लागि किरण ठगुन्नाले ४६ बल खेल्दै २६ रन बनाए । खडक बोहराले ३९ बलमा २३ र मिलन बोहराले २७ बलमा १८ रनको योगदान गरे ।
कर्णालीका बलरहरू दिवान पुनले ९ ओभरमा १७ रन दिइ २, अनुज चनाराले ६ ओभरमा ३३ रन दिइ २ र प्रकाश जैशीले ३ ओभरमा १४ रन दिइ १ विकेट हात पारे ।

शेयर